Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

७९ जना सवार श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

७९ जना सवार श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

  • बिहिवार, श्रावण १९ २०७९

  • 596
    SHARES

  • ७९ जना सवार श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

    श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

    बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।


    बिहिवार, श्रावण १९ २०७९११:३५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij