Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै

नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै

  • बिहिवार, श्रावण १९ २०७९

  • 454
    SHARES

  • नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बस्दैछ ।

    नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक बिहान १० बजेटबाट सुरु हुनेछ ।

    सरकारी संयन्त्रबाटै नेपाली कामदार लैजान नेपाल र जापानबीच सन् २०१९ मा सहमती भए अनुसार साढे ५ हजार जना प्रशिक्षार्र्थी र विशेषज्ञ नेपालीहरू भाषा परीक्षा पास गरेर बसेका छन् ।

    सोही समझदारी समीक्षा र कार्यान्वयन गर्न जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौँ आएका छन् ।

    जापानमा तीन लाख ४० हजार कामदारको माग रहेकाले सोही अनुसार विश्वका एक दर्जनभन्दा बढी देशहरूबाट कामदार लैजान लागिएको छ । जापानसँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८ सय ३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।


    बिहिवार, श्रावण १९ २०७९०९:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij