Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सप्तकोसीमा पानीको सतह घट्यो

सप्तकोसीमा पानीको सतह घट्यो

  • बिहिवार, श्रावण १९ २०७९

  • 425
    SHARES

  • सप्तकोसीमा पानीको सतह घट्यो

    काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह घटेको छ । नदिले उदयपुरको बेलका नगरपालिका वडा नम्ब र ८ डुम्रीबोटबाट कटान गर्दै बस्तीमा पसेपछी त्यहाँका हजारौ नागरिक प्रभावित भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यहाँ एक हजार पाँच सय परिवार विस्थापित भएको जनाएको छ ।

    उनिहरूलाई स्थानीय तहसँगको समन्वयमा उच्च स्थानमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

    आज भने पानी पर्न कम भएकाले बहाव घटेको उहाँले बताउनुभयो । तर मनसुन सकृय नै रहेकाले बाढीमा फसेका बेलका नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ का बाँकी नागरिकलाई समेत उद्धारका लागि सुरक्षाकर्मीहरू खटिएको उहाँले बताउनुभयो ।


    बिहिवार, श्रावण १९ २०७९०९:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij