Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

  • बिहिवार, श्रावण १९ २०७९

  • 554
    SHARES

  • सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

    सप्तरी । सप्तरीमा गएराति करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

    करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा दुई जनाको र राजगढ गाउँपालिका–२ कमलपुरमा एक जनाको मृत्यु भएको हो । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा(बुहारी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

    सात महिनाकी गर्भवती रहेकी अन्जलीलाई मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

    यस्तै कमलपुरका ५६ वर्षीय शिवशङ्कर साहको पनि मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको यादव जानकारी दिनुभयो ।


    बिहिवार, श्रावण १९ २०७९०८:५५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij