Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कक्षा ११ मा साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन

कक्षा ११ मा साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन

  • बुधवार, श्रावण १८ २०७९

  • 624
    SHARES

  • कक्षा ११ मा साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
     
    बोर्डले बुधबार(आज) सूचना जारी गरेर छोटो समय मात्र म्याद राखेर भर्ना आव्हान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित हुने जनाएको छ । यस्ता गुनासा बोर्डलाई प्राप्त भएको सूचनामा उल्लेख छ । बोर्डले स्थानीय तहहरूलाई कक्षा ११ को भर्नामा समन्वय र सहजीकरण गरी कक्षा सञ्चालनलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ ।
     
    ‘दुर्गमका विद्यार्थी भर्ना आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘एसईईको नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ ।’
     
    साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कतिपय विद्यालय र शिक्षण संस्थाले प्रि–रजिस्ट्रेसनको नाममा विद्यार्थी भर्ना गरिसकेका छन् भने कतिपयले आवेदन दिने म्याद सकिएको भन्दै प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन् ।


    बुधवार, श्रावण १८ २०७९०२:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij