Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सप्तकोशी बाढी : ९ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

सप्तकोशी बाढी : ९ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

  • बुधवार, श्रावण १८ २०७९

  • 404
    SHARES

  • सप्तकोशी बाढी : ९ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

    उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो बस्तीमा पसेको छ । ५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिका–३ स्थित भाटेपुलमा पुगेको छ । नदी कटानका कारण प्रभावित ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको उदयपुरका एसपी सुवास बोहराले बताउनुभयो।

    स्थानीय प्रशासनका अनुसार सप्तकोशी बस्तीमा पस्दा करिब ४ हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर–८, ९, १ र २ का स्थानीय प्रभावित भएका छन् । करिब १५ सय मानिसलाई तत्काल सुरक्षित ठाउँमा सानु पर्ने स्थानीय प्रशासनको निष्कर्ष छ । प्रदेश–१ का भौतिक योजना तथा निर्माणमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र डीआईजी सुदिप गिरी उदयपुर पुग्नुभएको छ । भाटेपुल हुँदै बाढी वडा नम्बर–२ स्थित गिबेरी टोलतर्फ लागेको छ ।

    स्थानीय प्रशासनले गिबेरी टोलमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ । विस्थापित परिवार अहिले आफन्तकहाँ बसेका छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई सुरक्षित वासको व्यवस्था गरिने एसपी बोहराले जानकारी दिनुभयो ।बाढी प्रभावितको उद्धार तथा राहतलाई व्यवस्थित गर्ने बारेमा सरोकारवाला पक्षहरू बीचमा छलफल जारी रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।

     


    बुधवार, श्रावण १८ २०७९०१:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij