Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वेस्ट इन्डिजका अलराउण्डर ब्राभोको नयाँ कीर्तिमान

वेस्ट इन्डिजका अलराउण्डर ब्राभोको नयाँ कीर्तिमान

  • बिहिवार, भाद्र ११ २०७७

  • 861
    SHARES

  • वेस्ट इन्डिजका अलराउण्डर  ब्राभोको नयाँ  कीर्तिमान

    एजेन्सी । वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउण्डर ड्वान ब्राभोले टी-ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने कीर्तिमान कायम गरेका छन् । गएराति क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत भएको खेलमा उनले उक्त कीर्तिमान बनाउन सफल भएका हुन् । ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलमा बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोका ५ सय विकेट पुरा भएसँगै नयाँ कीर्तिमान उनको नाममा दर्ता भएको छ।

    ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलिरहेका ब्राभोले जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै कीर्तिमान बनाएका हुन् । ब्राभो बाहेक टी-ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेट समेत लिन सकेका छैनन् ।

    अलराउन्डर ब्राभोले ४ सय ५९ टी-ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका उनले ६ हजार भन्दा बढी रन समेत बनाएका छन् । यस्तै ब्राभोले सीपीएलमा एक सय विकेट विकेट समेत पूरा गरेका छन् ।
    श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ३ सय ९० विकेट हात पार्दै टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीको रुपमा रहेका छन्।


    बिहिवार, भाद्र ११ २०७७०२:२४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij