Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

  • बुधवार, श्रावण १८ २०७९

  • 457
    SHARES

  • नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे २ बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ। मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलाइएको थियो।

    राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताएका छन्। त्यसैले पनि चाँडै बाटो खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ।

    बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन्। अहिले नारायणगढ–मुग्लिन खण्डको यात्रा कष्टप्रद बनिरहेको छ। प्रहरीले पहिरोको जोखिम अझै कायम भएकाले गाडीहरु रोक्दा बस्ती भएको छेउछाउमै रोक्न आग्रह गरेको छ।


    बुधवार, श्रावण १८ २०७९०८:३७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij