Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चन्द्रकलामाथि भएको दुर्व्यवहारको घटना प्रती राखेपको ध्यानाकर्षण

चन्द्रकलामाथि भएको दुर्व्यवहारको घटना प्रती राखेपको ध्यानाकर्षण

  • बिहिवार, भाद्र ११ २०७७

  • 908
    SHARES

  • चन्द्रकलामाथि भएको दुर्व्यवहारको घटना प्रती राखेपको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै लामगादेलाई दुव्र्यवहार गर्नेमाथि कारबाहिको माग गरेका हुन् ।
    राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि कुटपीट गर्नेलाई कारबाहीको माग गर्दै यसअघि पनि एथ्लेटिक्स संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिसकेका छन् ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षले विज्ञप्ति जारी गरेको यो नै पहिलो पटक हो। यसअघि राखेपको विज्ञप्ति सदस्य सचिव रमेश कुमार सिलवाल वा राखेप प्रवक्ता कुलबहादुर थापाले जारी गर्ने परम्परा थियो । राखेपको विज्ञप्ति प्रचार शाखामार्फत् सार्वजनिक हुँदै आएको थियो । तर, पहिलो पटक उक्त परम्परालाई तोड्दै उपाध्यक्षले विज्ञप्ति जारी गरेका छन् । गत सोमबार राति झापाको मेचीनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकलासहित उनका श्रीमान् सुमन खातीमाथि आक्रमण भएको थियो । स्थानीय छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुको कुटाइबाट चन्द्रकला घाइते भएकी छिन् । निर्धात कुटपिट भएको बिषयमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


    बिहिवार, भाद्र ११ २०७७०२:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij