Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीचको खेल बराबरी, बंगलादेश फाइनलमा

नेपाल र बंगलादेशबीचको खेल बराबरी, बंगलादेश फाइनलमा

  • मंगलवार, श्रावण १७ २०७९

  • 749
    SHARES

  • नेपाल र बंगलादेशबीचको खेल बराबरी, बंगलादेश फाइनलमा

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै गोल दोस्रो हाफमा भएको थियो ।

    खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

    त्यसअघि दुबै १० खेलाडीमा समेटिएको थियो ।

    बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।

    नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए ।

    खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।

    यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

    नेपालले ४ खेलमा ७ अंक जोडेको छ ।

    नेपाल दोस्रो स्थानमा रहेको छ ।

    बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

    अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ ।

    बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

    अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

    यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।


    मंगलवार, श्रावण १७ २०७९०६:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij