Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

म्याग्दीमा पहिरोले घर बगाउँदा  एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले घर बगाउँदा  एकै परिवारका पाँच जनाको मृत्यु

  • मंगलवार, श्रावण १७ २०७९

  • 438
    SHARES

  • म्याग्दीमा पहिरोले घर बगाउँदा  एकै परिवारका पाँच जनाको मृत्यु
    काठमाडौं ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर विकको घर पहिरोले बगाउँदा उनीसहित परिवार पाँच जना सदस्यको मृत्यु भएको हो ।
     
    म्याग्दी प्रहरीका अनुसार बिककी श्रीमती, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको हो । पहिरोमा परी विकका छोराहरू १३ वर्षीय राजन र १५ वर्षीय नवीनको शव बिहान फेला परेको थियो ।
     
    बेपत्ता घामबहादुर, उनकी श्रीमती राममाया र ८ वर्षीय छोरी रोजीको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । बिहान सुतिरहेको समयमा घर माथिबाट आएको पहिरोले विकको घर पुरेको स्थानीय समबहादुर विकले जानकारी दिनुभयो ।


    मंगलवार, श्रावण १७ २०७९०२:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij