Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.8K
    SHARES

  • कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

    कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

    चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।  उनले भने,‘चट्याङबाट अन्य तीन जना घाइते भएका छन्।

    उनकाअनुसार घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ वर्षीय भावना भुल र ३७  वर्षीय पशुपति सार्की छन्। उनीहरूको धनगढीमा उपचार भइरहेको  छ। रासस


    बिहिवार, भाद्र ११ २०७७०१:२५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij