Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अझै खुलेन नारायणगढ-मुग्लिन सडक

अझै खुलेन नारायणगढ-मुग्लिन सडक

  • मंगलवार, श्रावण १७ २०७९

  • 253
    SHARES

  • अझै खुलेन नारायणगढ-मुग्लिन सडक
    काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । 
     
    नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।
     
    ईच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो । 
     
    पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना-३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उहाँले बताउनुभयो । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । 
     
    इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो ।  गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । 


    मंगलवार, श्रावण १७ २०७९०१:४०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij