Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफ यु–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

साफ यु–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

  • मंगलवार, श्रावण १७ २०७९

  • 708
    SHARES

  • साफ यु–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दै छ ।
     
    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
     
    बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।
     
    तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।
     
    बंगलादेश ३ खेलमा अपराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मालदिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
     
    आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आवश्यकता परेको हो ।
     
    बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।  यदि भारतले मालदिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।
     
    यस्तै मालदिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
     


    मंगलवार, श्रावण १७ २०७९१२:५२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij