Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काभ्रेस्थली घटना : शव उठाउन अवरोध भएपछि थप प्रहरी परिचालन

काभ्रेस्थली घटना : शव उठाउन अवरोध भएपछि थप प्रहरी परिचालन

  • सोमवार, श्रावण १६ २०७९

  • 998
    SHARES

  • काभ्रेस्थली घटना : शव उठाउन अवरोध भएपछि थप प्रहरी परिचालन
    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा मृत भेटिएकाहरूको शव उठाउन अवरोध भएको छ । 
     
    पोस्टमार्टमका लागि शव उठाउन खाजे अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।  सोमबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए । 
     
    पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
     
    प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको छैन । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा.गोपाल चौधरी नेतृत्वको टोली  घटनास्थलमा पुगेको छ ।
     
    त्यसपछि प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ ।


    सोमवार, श्रावण १६ २०७९०४:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij