Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बर्दिबासमा तीन वटा बैंक रहेका भवनमा आगलागी

बर्दिबासमा तीन वटा बैंक रहेका भवनमा आगलागी

  • सोमवार, श्रावण १६ २०७९

  • 740
    SHARES

  • बर्दिबासमा तीन वटा बैंक रहेका भवनमा आगलागी

    काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।

    तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिनुभयोे ।

    उहाँका अनुसार अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।

    सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको र थप विवरण पछि संकलन गरिने डीएसपी रावलले बताउनुभयो ।


    सोमवार, श्रावण १६ २०७९०३:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij