Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कास्कीमा पहिरोमा पुरिँदा १ जनाको मृत्यु, २ घाइते

कास्कीमा पहिरोमा पुरिँदा १ जनाको मृत्यु, २ घाइते

  • सोमवार, श्रावण १६ २०७९

  • 357
    SHARES

  • कास्कीमा पहिरोमा पुरिँदा १ जनाको मृत्यु, २ घाइते

    पोखरा । पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
    गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो ।

    पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

    सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनु भयो ।

     


    सोमवार, श्रावण १६ २०७९०९:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij