काठमाडौं । पदमश्री पुरस्कारका लागि यो वर्ष ५ वटा पुस्तक छनोट भएका छन् । खेमकला–हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको हो ।
सिफारिस भएका पुस्तकहरूमा डा.नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको सङ्ग्रहालय रहेका छन् ।
समितिले सुरुमा २०७८ सालभित्र प्रकाशित भएका १५ वटा पुस्तक छनोट गरेको थियो । छनोट भएका १५ वटा पुस्तकको नाम प्रतिष्ठानले असार १५ गते सार्वजनिक गरेको थियो ।
उक्त विस्तारित सूचीमा परेका पुस्तकहरूमध्येबाट .कृति) समितिले थप अध्ययन र मूल्याङ्कन गरी ५ वटा पुस्तक छनोट गरेर प्रतिष्ठानलाई उपलब्ध गराएको र अन्तिम चरणमा यिनै ५ वटा कृतिहरूमध्येबाट पुरस्कृत पुस्तक (कृति) चयन गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ ।