काठमाडौं । नेपाल एकीकरणमा भूमिका खेलेका अमरसिंह थापाको स्मृतिमा गोरखाको सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउन १६ गते सोमबार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो ।
अमरसिंहको २०६ औं स्मृति दिवसमा बिदा दिने निर्णय गाउँसभाले गरेको थियो। अमरसिंहको स्मृति दिवसमा वडा नम्बर ६ गाँखुस्थित अमरसिंह पार्कमा कार्यक्रम गरिने पनि उहाँले जानकारी दिनुभयो ।
तत्कालीन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा वि.सं. १८३८ मा चौविसे राज्यहरूसँग लडाइँमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल र नेपाल एकीकरणमा अमरसिंहको भूमिका रहेको गाउँपालिकाले जनाएको छ।
