Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

  • आइतवार, श्रावण १५ २०७९

  • 502
    SHARES

  • पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

    काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

    संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय परेका छन् ।

    यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो । उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी पाँच वटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ ।

    1.png

     

     

     

     


    आइतवार, श्रावण १५ २०७९१२:१८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij