Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एसईईको ग्रेडवृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते हुने

एसईईको ग्रेडवृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते हुने

  • आइतवार, श्रावण १५ २०७९

  • 408
    SHARES

  • एसईईको ग्रेडवृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते हुने

    काठमाडौं । एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ ।

    २०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या १ लाख १ हजार ४३ छ । यस्तै ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।


    आइतवार, श्रावण १५ २०७९११:३२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij