Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरु काटेको विवाद उग्र बनेपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु

गोरु काटेको विवाद उग्र बनेपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु

  • बुधवार, भाद्र १० २०७७

  • 4.2K
    SHARES

  • गोरु काटेको विवाद उग्र बनेपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु

    झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

    झापा गाउँपालिकामा गोरु काटेको विषयमा विवाद उग्र बनेपछि स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो।

    प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको छ। विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेपछि विरोधमा उत्रेका स्थानीय बासिन्दासँग प्रहरीको झडप भएको थियो।

    २ सय भन्दा बढीको भीडले आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको जनाएको छ।


    बुधवार, भाद्र १० २०७७१०:११:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij