Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्युठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

प्युठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

  • शनिवार, श्रावण १४ २०७९

  • 633
    SHARES

  • प्युठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते
    काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
     
    इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए । रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए ।
     
    घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
     
     


    शनिवार, श्रावण १४ २०७९०३:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij