Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा अझैपनि युरिया मल अभाव

कञ्चनपुरमा अझैपनि युरिया मल अभाव

  • शनिवार, श्रावण १४ २०७९

  • 506
    SHARES

  • कञ्चनपुरमा अझैपनि युरिया मल अभाव
    काठमाडौं । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ ।
     
    युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता छ। 
     
    कृष्णपुर नगरपालिका-५ का किसान जग्गु चौधरीले युरिया मल नपाउँदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताउनुभयो । 
     
    भारतबाट तस्करी गरी बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहुँदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका छन्। त्यस्तो मलसमेत पाउन निकै गाह्रो हुने गरेको किसानको गुनासो थियो।
     
    अनुदानको मल सहकारी संस्थाले एक हजार प्रतिबोराका दरले उपलब्ध गराउने भए पनि भारतीय मल युरिया भने बजारमा एक हजार ६०० देखि एक हजार ८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। 
     
    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड महेन्द्रनगर उपशाखाले छ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्री गरेको जनाएको छ।
     
    चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री गरेको हो।
     
    प्रतिबोरा युरिया ८८१ रुपैयाँमा सहकारीमार्फत किसानलाई बिक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए। उनका अनुसार उपशाखामा अझै एक हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात छ।
     
    मौज्दात रहेको मल एक दुई दिनमै सहकारी संस्थालाई बिक्री गरिसक्ने उनले बताए।  कर्पोरेशनमा १०२ वटा सहकारी संस्था सूचीकृत छन्। 


    शनिवार, श्रावण १४ २०७९०२:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij