Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

खस्किँदो एसइईको नतिजा : आन्तरिक मूल्याङ्कन जोड, पढाइमा छैन सुधार (खास खबर)

खस्किँदो एसइईको नतिजा : आन्तरिक मूल्याङ्कन जोड, पढाइमा छैन सुधार (खास खबर)

  • बिहिवार, श्रावण १२ २०७९

  • 456
    SHARES

  • खस्किँदो एसइईको नतिजा : आन्तरिक मूल्याङ्कन जोड, पढाइमा छैन सुधार (खास खबर)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसइईको परीक्षाफल सार्वजनिक गर्‍यो । २०७५ सालको तुलनामा २०७८ को एसइई नतिजा सन्तोषजनक रहेको बोर्डले दाबी पनि गर्‍यो । गतवर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । कोभिडका बेला २०७६/०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो ।

    अहिलेको नतिजा अनुसार यस वर्षको ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको छ । २ दशमलव ८ देखि ३ दशमलव २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २ दशमलव ४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् । यस्तै १ दशमलव २ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १ दशमलव २ देखि १ दशमलव ६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ० दशमलव ८ देखि १ दशमलव २ ल्याउनेको संख्या ३ हजार २८० रहेको छ ।

    एसइईको नतिजा आउँदै गर्दा २०७६/०७७ सालमा विद्यालयले नै मुल्यांकन गरेकोले झण्डै ए प्लस ल्याउने विद्यार्थी ७० हजार भन्दा बढी हुनु र अहिले ९ हजारमा खुम्चिनुले विद्यालयको मनोपोलीमा प्रश्न उब्जेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । 

    हिसानका अध्यक्ष रमेश सिलवालले यसवर्षको परीक्षाफल खस्किएको बताउँदै पढाइको गुणस्तरमा प्रश्न उब्जेको बताउनुभयो । सातै प्रदेशको नतिजा प्रतिशत हेर्दा कर्णाली र सुदूरपश्चिम पछाडि रहेको उहाँको भनाइ छ । 

    एसईईमा राम्रो नतिजा आउने तर आगामी भविष्यको अन्योल हुने शिक्षा प्रणाली भएकोले यसमा सुधार गरिनुपर्ने शिक्षाविद् डा.लक्ष्मण ज्ञवालीको भनाइ छ । 

    प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भने जम्मा चार महिना विद्यालयमा उपस्थित भएर पठनपाठन गरेका विद्यार्थीहरुले ल्याएको नतिजा सन्तोषजनक रहेको बताउनुभयो । 

    आधारभुत शिक्षा १ देखि ८ र ९ देखि १२ सम्म माध्यामिक तहको शिक्षामा वर्गीकरण भइसकेपछि पनि एसईईलाई निकै तामझामका साथ हेरिनुको कुनै तुक नभएको शैक्षिक क्षेत्रका जानकारहरु बताउँछन् । शैक्षिक क्षेत्रमा सुधार ल्याउन तल्लो तहदेखिनै पढाइ र परीक्षामा प्रणाली बलियो बनाइनुपर्ने अभिभावकहरुको माग छ । 


    बिहिवार, श्रावण १२ २०७९०८:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij