Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

  • बिहिवार, श्रावण १२ २०७९

  • 1.0K
    SHARES

  • सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    काठमाडौं । उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयबासीले घोषणा गरेका छन् ।

    बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

    काठमाडौं महानगरपालिकाले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो ।

    समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उहाँले बताउनुभयो । सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको उहाँको भनाइ छ ।


    बिहिवार, श्रावण १२ २०७९०१:५८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij