Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जाने हो, यसो गर्नुहोस्...

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जाने हो, यसो गर्नुहोस्...

  • बुधवार, श्रावण ११ २०७९

  • 740
    SHARES

  • छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जाने हो, यसो गर्नुहोस्...

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ ।

    पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ ।

    शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो । नेपालीका लागि एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा छ ।

    आयोगले सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न सक्ने जनाएको छ ।


    बुधवार, श्रावण ११ २०७९०१:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij