Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

साहसी महिला योगमायाको नाममा आयूर्वेद विश्वविद्यालय, पूर्वीय दर्शन र चिकित्सामा आयाम (खास खबर)

साहसी महिला योगमायाको नाममा आयूर्वेद विश्वविद्यालय, पूर्वीय दर्शन र चिकित्सामा आयाम (खास खबर)

  • मंगलवार, श्रावण १० २०७९

  • 522
    SHARES

  • साहसी महिला योगमायाको नाममा आयूर्वेद विश्वविद्यालय, पूर्वीय दर्शन र चिकित्सामा आयाम (खास खबर)

    काठमाडौं । पूर्वी नेपालको भोजपुरस्थित नेपालेडाँडा हालको षडानन्द नगरपालिकामा जन्मनुभएकी योगमाया न्यौपाने परिचित नाम हो । पाँच वर्षको उमेरमा विवाह र ७ वर्षको उमेरमा श्रीमानको मृत्युवरण भएपछिको योगमायाको कष्टकर जीवनको परिणती उहाँको साहस र आजको नाम हो ।

    समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा योगमायाले संवत् १९९८ असार २२ गते आफ्ना अनन्य भक्तहरू समेतलाई समेटेर जलसमाधि लिनुभएको थियो । योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक मानिनुहुन्छ ।

    बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सक्नुहुन्थ्यो; जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्ने क्षमता थियो । तीनै योगमायाको नामबाट योगमाया आयुर्वेद विश्वविद्यालय खोल्ने बाटो खुलेको छ ।

    प्रतिनिधिसभाले आज ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । पूर्वीय चिकित्सा र दर्शनका विषयमा अध्ययन हुने विश्वविद्यालय स्थापना गर्दा मुलुकलाई फाइदा हुने सांसद दिव्यमणि राजभण्डारीको तर्क छ ।

    संसदमा आज योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित हुँदा उहाँको पूरा नाम राख्नुपर्ने आवाजपनि उठेको थियो । सांसद लक्ष्मी परियारले साहसी नारी योगमायाको पूरा वतन राखिनुपर्ने आवाज उठाउनुभयो ।

    सांसद गिरिराजमणि पोखरेलले योगमायाको इतिहास अध्ययन गर्न आग्रह गर्दै उहाँ जात, धर्म विरोधी नारी भएकोले समग्र वतन आवश्यक नपर्ने औँल्याउनुभयो ।

    नेपालबाट धेरै विद्यार्थी अध्ययनका लागि बाहिरिरहेको तथ्यांकलाई दृष्टिगत गर्दै आयुर्वेद चिकित्सा अध्ययन गर्न विदेशी विद्यार्थीलाई भित्र्याउन यो विधेयकले सहजता प्रदान गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ छ ।

    नेपाल प्रकृतिको धनी देश, यहाँ विभिन्न प्रकारका आयुर्वेद जडिबुटी अवस्थित छन् । प्रयोगशालासहितको आयुर्वेद विश्वविद्यालयलाई सञ्चालन गर्न सकियो भने मुलुकको शैक्षिक क्षेत्रमा थप टेवा पुग्ने निश्चित छ । राणाशासन कालमा योगमायाजस्ता साहासी नारीको इतिहासलाई मेट्न नदिन उहाँकै नाममा आयुर्वेद विश्वविद्यालय खुल्न लागेको हो ।

     


    मंगलवार, श्रावण १० २०७९०७:४३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij