Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

  • मंगलवार, श्रावण १० २०७९

  • 706
    SHARES

  • बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेकाे पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । 

    २५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

    कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको भेटिएकाे उहाँले बताउनुभयाे ।  उनीहरुकाे विवाह भएको एक वर्ष भएको बताइएको छ । 

    'घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ', प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको बताउँदै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । 
     


    मंगलवार, श्रावण १० २०७९११:३५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij