काठमाडौं । काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।
अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उहाँले बताउनुभयो ।
कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको उहाँले बताउनुभयो । तर यकिन कति बरामद भएको भन्ने खुलेको छैन। यो कम्पनी चिनियाँले चलाएको प्रहरीको भनाइ छ।
उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।
आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका(२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो।
उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोप छ।