Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ

प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ

  • सोमवार, श्रावण ९ २०७९

  • 842
    SHARES

  • प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ
    काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् ।
     
    जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।
     
    तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरूलाई पक्राउ गरेर गौशाला लगिएको छ ।
     
    छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरू बरामद गरेको छ ।


    सोमवार, श्रावण ९ २०७९०३:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij