Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

  • आइतवार, श्रावण ८ २०७९

  • 389
    SHARES

  • प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि रोकिएको थियो ।

    कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसदमात्रै उपस्थित थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए । गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउनुभएको थियो ।

    सांसद फर्किएपछि प्रतिनिधिसिभाबाट कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

    गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । अहिले प्रतिनिधिसिभाामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल भइरहेको छ ।


    आइतवार, श्रावण ८ २०७९०५:४७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij