Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पाल्पामा बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, उद्धार जारी

पाल्पामा बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, उद्धार जारी

  • आइतवार, श्रावण ८ २०७९

  • 591
    SHARES

  • पाल्पामा बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, उद्धार जारी

    काठमाडौं । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।

    घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ।

    ‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उहाँले भन्नुभयो।

    बस सडकबाट १ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उहाँको भनाइ छ।

    दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।


    आइतवार, श्रावण ८ २०७९०५:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij