Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मामाघर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत 

मामाघर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत 

  • आइतवार, श्रावण ८ २०७९

  • 433
    SHARES

  • मामाघर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत 
    काठमाडौं । अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन्।
     
    जिल्लाको बबई गाउँपालिका-४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बलात्कार गरेका थिए। 
     
    पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । 
     
    बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए। बालिकाको टाउकोमा चोटसमेत लागेको छ।
     
    घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डिएसपी अर्यालले बताउनुभयो । 
     
    पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भिक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो।
     
    त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको हो। डिएसपी अर्यालका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
     
    बलात्कारमा संलग्न भनिएका ती बालक दिउँसो ती बालिकाको मामाघर आँप खान भनेर गएका थिए। 
     
    बराल्लिएर हिँड्ने उनी विगतमा चोरी गरेको अभियोगमा पक्राउ परेको प्रहरी रेकर्डबाट खुलेको डिएसपी अर्यालले बताउनुभयो। 
     
    पीडित बालिकाको तर्फबाट मामलका हजुरबुवाले किटानी जाहेरी दिएका छन्। बुबा छोरीको उपचारका लागि नेपालगञ्ज भएकाले हजुर बुबाले इप्रका तुलसीपुरमा आएर जाहेरी दर्ता गराएको डिएसपी अर्यालले जानकारी दिए। 
     
    घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


    आइतवार, श्रावण ८ २०७९०२:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij