काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।
सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरू दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताउनुभयो । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताउनुभयो ।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।