Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो

काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो

  • बुधवार, भाद्र १० २०७७

  • 1.1K
    SHARES

  • काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो

    काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेबाट जारी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त छलफलपछि पुनः एक साता निषेधाज्ञा थप गरिएको हो ।

    यसअघि, ३ भदौ राति १२ बजेदेखि सुरु भएको भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रजिअ जनकराज दाहालले बताउनुभयो ।

    सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

     


    बुधवार, भाद्र १० २०७७१२:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij