Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • आइतवार, श्रावण ८ २०७९

  • 1.0K
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

     


    आइतवार, श्रावण ८ २०७९०७:०४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij