Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

  • शनिवार, श्रावण ७ २०७९

  • 402
    SHARES

  • प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ ।

    अध्यक्षका लागि संस्थापन पक्षको तर्फबाट अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालबीच प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

    बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ ।

    झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि १ हजार ६ सय ३० प्रतिनिधि हेटौंडा पुगेका छन् ।

    नवौं महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार गर्नुभएको थियो ।


    शनिवार, श्रावण ७ २०७९०९:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij