Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधान सेनापति प्रभुराम शर्मा आज अस्ट्रेलिया जाँदै

प्रधान सेनापति प्रभुराम शर्मा आज अस्ट्रेलिया जाँदै

  • शनिवार, श्रावण ७ २०७९

  • 546
    SHARES

  • प्रधान सेनापति प्रभुराम शर्मा आज अस्ट्रेलिया जाँदै

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा आज अस्ट्रेलिया भ्रमणमा जाँदै हुनुहुन्छ ।

    अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा शनिबार त्यसतर्फ प्रस्थान गरेका लागेका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

    अस्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले आयोजना गर्न लागेको रक्षा प्रमुखहरूको वार्षिक सम्मेलन २०२२ साउन ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ।

    उक्त सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्‌को असार ३१ गतेको बैठकले प्रधान सेनापतिको भ्रमण स्वीकृत गरेको थियो। सो सम्मेलनमा नेपाली सेना २०५६ सालदेखि सहभागी हुँदै आएको छ।

    सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राष्ट्रका सेना प्रमुखहरुले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल गर्ने नेपाली सेनाले जनाएको छ।


    शनिवार, श्रावण ७ २०७९०७:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij