Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यारेबियन प्रिमियर लिग : सन्दीपको प्रदर्शन उत्कृष्ट, जितसँगै जमैका चौथो स्थानमा

क्यारेबियन प्रिमियर लिग : सन्दीपको प्रदर्शन उत्कृष्ट, जितसँगै जमैका चौथो स्थानमा

  • बुधवार, भाद्र १० २०७७

  • 1.1K
    SHARES

  • क्यारेबियन प्रिमियर लिग : सन्दीपको प्रदर्शन उत्कृष्ट, जितसँगै जमैका चौथो स्थानमा

    एजेन्सी — क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन लगातार कायम रहेको छ ।

    नेपाली समयअनुसार बुधबार बिहान सकिएको खेलमा उनको टिम जमैका तलाबाजले गुएना एमेजन वारियर्सलाई ५ विकेटले हरायो ।पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् ।

    जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो । प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो । जमैका अंकतालिकाको चौथो स्थानमा छ । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

     


    बुधवार, भाद्र १० २०७७०७:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij