Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाको फोहोर अब एक साता नउठ्ने

काठमाडौं उपत्यकाको फोहोर अब एक साता नउठ्ने

  • बिहिवार, श्रावण ५ २०७९

  • 554
    SHARES

  • काठमाडौं उपत्यकाको फोहोर अब एक साता नउठ्ने

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको हो । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएको छ ।

    महानगरपालिकाले एक सूचना जारी गर्दै कम्तिमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाल्न र फोहोर छुट्याएर राख्न समेत आग्रह गरेको छ । करिब ३ महिनादेखि बिग्रिएको सडक फोहोर उठाउने क्रम पुनः अवरुद्ध हुँदा सडक र चोकहरूमा फेरी फोहोर थुप्रिने सम्भावना बढेको छ ।


    बिहिवार, श्रावण ५ २०७९०९:१५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij