Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अब इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य

अब इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य

  • बुधवार, श्रावण ४ २०७९

  • 563
    SHARES

  • अब इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य
    काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदबाट पारित भएको छ ।
     
    पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।
     
    विधेयक अनुसार चिकित्सक, नर्स, वकिल। शिक्षकजस्तै इन्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउनेछन् । लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउनेछन् ।
     
    २९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर फेरि प्रतिनिधिसभामा आएको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो ।
     
    संसदमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतः निरूपण हुने बताए । विधेयकले इन्जिनियरिङ परिषद्लाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने, अनलाइन मार्फत सेवा प्रदान गर्न सक्ने लगायतका सुविधा पनि दिएको छ ।


    बुधवार, श्रावण ४ २०७९०२:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij