Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

झापामा विद्युत् सर्ट भई आगो लाग्दा ६ घर जलेर नष्ट

झापामा विद्युत् सर्ट भई आगो लाग्दा ६ घर जलेर नष्ट

  • बुधवार, श्रावण ४ २०७९

  • 410
    SHARES

  • झापामा विद्युत् सर्ट भई आगो लाग्दा ६ घर जलेर नष्ट
    काठमाडौं । झापाको  झापा गाउँपालिका–५, सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ ।
     
    स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि छिमेकीको घर समेत आगो सल्किएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
     
    टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी,  सशस्त्र प्रहरीले निभाएका थिए । 


    बुधवार, श्रावण ४ २०७९१०:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij