काठमाडौं । विराटनगरबाट एक शिशु सम्पर्कविहीन भएकी छन् । सोमबार बिहान ८ बजेदेखि विराटनगर महानगरपालिका-१३ रोडशेष चोकबाट ममता यादवकी १ वर्षकी छोरी निकिसा सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बालिकाको खोजी भइरहेको बताउनुभयो । ‘बालिकाको अपहरण भएको हुनसक्छ’, उहाँले भन्नुभयो, ‘लिएर जाने मान्छे चिनजानकै भएका कारण थप अनुसन्धान गरिरहेका छौं।’ उहाँले बुधबार विहानसम्म बालिकाको उद्धार गरिने बताउनुभएको छ ।
बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसलमा ल्याएका थिए । सो पसलमा पुगेकी दीपेन्द्रको चिनजानकी महिलाले बच्चालाई लिएर गएको देखिएको प्रहरीको भनाइ छ ।