काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १५४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ११९, भक्तपुरमा पाँच र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ३११ पुगेको छ ।
आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।