Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारले सहयोग नगरे उड्डयन क्षेत्र धराशायी हुन्छ : आयोन प्रवक्ता कंडेल

सरकारले सहयोग नगरे उड्डयन क्षेत्र धराशायी हुन्छ : आयोन प्रवक्ता कंडेल

  • मंगलवार, भाद्र ९ २०७७

  • 1.3K
    SHARES

  • सरकारले सहयोग नगरे उड्डयन क्षेत्र धराशायी हुन्छ : आयोन प्रवक्ता कंडेल

    साउन ९, काठमाडौं ।
    सरकारले वायुसेवा कम्पनीहरुको लागि थप राहत नदिए विमान सेवा कम्पनीहरु धराशायी हुने भन्दै विमानसेवा कम्पनीहरुले थप राहतको व्यवस्था गर्न माग गरेका छन् । कोरोना संक्रमणसँगै हवाई उडान नियमित बन्न नसक्दा यो क्षेत्र दिनप्रतिदिन थप धरासायी बन्दै गएकोले थप राहत आवश्यक भएको वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज शर्मा कंडेलले बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसम्बादमा पत्रकार टिपी भुसालसँग कुरा गर्दै प्रवक्ता कंडेलले प्राटोकल पालना गरेर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गर्नुको विकल्प नभएको बताउनु भयो ।
    मन्त्रिपरिषद् बठैकले वायुसेवा कम्पनीलाई लाइसेन्स नवीकरणमा ५० र पार्किङ शुल्कमा ७५ प्रतिशत छूट दिने निर्णय गरेको भएपनि त्यो पर्याप्त नभएको कंडेलले बताउनु भयो । सरकारले या कर तिर या जरिबाना तीर भनेपछि व्यवसायी डुब्ने भन्दा अर्को विकलप नभएको उहाँले बताउनु भयो । कोरोना भाइरस (कोभिड– १९) ले उडान सेवा पूर्णरुपमा प्रभावित भएको अवस्थामा सरकारले गरेको यो निर्णयले व्यवसायिहरुलाई केही राहत मिले पनि त्यो पर्याप्त नभएकोे नविकरण तथा पार्किङ शुल्क समेत पुरै मिनाहा गर्नु पर्ने कंडेलको धारणा छ ।


    (आयोन) का प्रवक्ता योगराज शर्मा कंडेलसंग गरिएको कुराकानी तलको लिंकमा पनि सुन्न सकिने छ ।

    https://www.facebook.com/radionrn/videos/3377341098995673/


    मंगलवार, भाद्र ९ २०७७०३:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij