Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जोरपाटीमा बोरिङ खन्दा ग्याँस निस्कियो

जोरपाटीमा बोरिङ खन्दा ग्याँस निस्कियो

  • मंगलवार, श्रावण ३ २०७९

  • 537
    SHARES

  • जोरपाटीमा बोरिङ खन्दा ग्याँस निस्कियो
    काठमाडौं । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो ।
     
    स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिट जति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उहाँले बताउनुभयो ।
     
    अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको दाहालले बताउनुभयो । ग्यासको मुस्लो तीन तला माथिसम्म पुगेको पनि उहाँले बताउनुभयो । 
     
    स्थानीय निर्मल अर्यालका अनुसार अहिले घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।
     


    मंगलवार, श्रावण ३ २०७९०१:०९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij