Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा २१३ जनामा डेंगु देखियो

चितवनमा २१३ जनामा डेंगु देखियो

  • मंगलवार, श्रावण ३ २०७९

  • 522
    SHARES

  • चितवनमा २१३ जनामा डेंगु देखियो
    काठमाडौं ।  चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। ३ हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा संक्रमण देखिएको हो।
     
    स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। २०७७/७८ मा १ हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेंगु देखिएको थियो।
     
    एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गर्दछ। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुआती लक्षण हुन्। एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो। 
     
    डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। डेंगु लागेमा मानिसको रक्त कोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ। 
     
    चितवनमा गत आवमा २६८ मा स्क्रफटाइफस रोगको संक्रमण देखिएको छ। ३ हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रफटाइफसको देखिएको हो। आव २०७७र७८ मा २ हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रफटाइफस देखिएको थियो।
     
    स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। स्क्रफटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखाला सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।
     
    यस रोगबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताउनुभयो।


    मंगलवार, श्रावण ३ २०७९१२:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij