Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘माफ गर है निर्मला माफ गर !’

‘माफ गर है निर्मला माफ गर !’

  • मंगलवार, भाद्र ९ २०७७

  • 1.9K
    SHARES

  • ‘माफ गर है निर्मला माफ गर !’

    गोमा परियार, काठमाडौं । गायक, गीतकार तथा संगीतकार हरि लम्सालको ‘माफ गर है निर्मला’ बोलको गीत सार्वजनिक भएको छ ।

    लिरिकल भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय दिन नसकेकोमा माफि मागिएको भावलाई समेटिएको छ ।

    गीतको शब्द राजुबाबु श्रेष्ठले कोरेका हुन् । स्वर र संगीत लम्सालकै रहेको गीतलाई ‘ट्वएल्म नोट्स’ युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो ।

    १० साउन ०७५ मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्या भएको दुई वर्ष बितिसक्दा पनि उनले अझै न्याय पाउन सकेकी छैनन् ।

    पछिल्लोसमय निर्मलालाई न्याय दिन माग गर्दै देशमा फेरि एकपटक ‘डिजिटल आन्दोलन’ चर्किएकोे छ । निर्मलाका हत्यारालाई पक्राउगरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान सुरु गरिएको छ ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री रामबहादुर थापासहित अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान चलाएका छन् ।

    शीर्ष नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ । उनीहरुले निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा, ‘सरकार भेटियो, न्याय भेटिएन’, उल्लेख गरेका छन् । न्यायमा हुने ढिलाइ, न्याय अस्वीकार गर्नु सरह हुने भन्दै सरकारलाई खबरदारी गरिएको छ ।

    गीतमा शब्द यस्ता रहेका छन्

    माफ गर है निर्मला माफ गर
    तिम्रै चित्कार गुन्जिरन्छ वरपर
    सुन्नु पर्नेले सुन्दैन , बुझ्नुपर्नेले बुझ्दैन
    गरिबको जुनी सस्तो भो, न्याय मरेको जस्तो भो
    केही गर्दा नि सकिएन न्याय दिलाउन
    माफ गर है निर्मला माफ गर
    माफ गर है निर्मला माफ गर ।

    तिम्री आमा रुँदा–रुँदै सुकिसक्यो आँशु
    तिम्रै पिरले ज्यान सुकेर भाछ आधा मासु
    तिम्रो न्यायको लागि सयौं ढोका ढक्ढक्याएँ छोरी
    तिम्रै यादको छ्ट्पटीले बेहोस भैयो कयौं चोटी
    तिम्रो फोटो बोकी जनता निस्के देशैभरी
    न्याय बिक्ला भनि गरिरहेँ खबरदारी
    सत्ताले बाटो बिरायो, लोकको विश्वास गुमायो
    जुलुशको आवाज सुनेन, बन्दको शक्ति बुझेन
    केही गर्दा नि सकिएन सकिएन
    माफ गर है निर्मला माफ गर
    माफ गर है निर्मला माफ गर ।

    देशका छोरीहरुमा देख्छु म त तिम्रै मुहार
    तिनलाई अफ्ठेरो परे बरै कसले देला गुहार
    तिम्रो खुनी छाति खोली घुमिराछ गाउँघर
    तिमी जस्तै छोरी–चेलीलाई हिड्न भाछ डर
    सत्य भुले कि त कानुनैको रखवालाले
    दोषी कसरी पो पत्ता लाग्ला यस्तो चालाले
    पींडा है बुझ्ने कोही छैन, पुकार सुन्ने कोही छैन
    सत्यको ढोका बन्द भो, न्याय नै आज धन्दा भो
    केही गर्दा नि सकिएन न्याय दिलाउन
    माफ गर है निर्मला माफ गर
    माफ गर है ए छोरी माफ गर ।

     

     


    मंगलवार, भाद्र ९ २०७७०३:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij