Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई बुस्टर मात्रा खोप लगाइने

काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई बुस्टर मात्रा खोप लगाइने

  • मंगलवार, श्रावण ३ २०७९

  • 492
    SHARES

  • काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई बुस्टर मात्रा खोप लगाइने

    काठमाडौं । आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।

    जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

    आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् ।


    मंगलवार, श्रावण ३ २०७९०७:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij